लालपुर्जा नेपाल प्रोपर्टी एक्स्पो हुने

काठमाडौं, २१ साउन । नेपालको अग्रणी रियल इस्टेट ब्रोकर एजेन्सी लालपुर्जा नेपाल प्रा. लि. ले यही साउन २३ गते शुक्रवार लालपुर्जा नेपाल प्रोपर्टी एक्सपो आयोजना गर्दैछ ।
लालपुर्जा नेपालले आफ्नो ग्राहकहरूलाई घरजग्गा खरिद तथा बिक्री प्रक्रियामा थप सजिलो, छरितो र विश्वासिलो सेवा पुर्याउने उद्देश्यले यो प्रोपर्टी एक्स्पो आयोजना गर्न लागेको हो।
यस कार्यक्रममा सहभागी हुने सम्पूर्ण व्यक्तिहरूले विशेष सेवा सुविधा र छुटहरू प्राप्त गर्न सक्नेछन् ।
एक्स्पोको उद्देश्य ग्राहकहरूलाई घरजग्गा सम्बन्धी प्रत्यक्ष जानकारी र परामर्श दिनु , सेलरहरूलाई आफ्नो सम्पत्ति बजारमा प्रस्तुत गर्न सहयोग गर्नु , खरिदकर्ताहरूलाई सही निर्णय लिन मार्गदर्शन गर्नु तथा बैंक र ऋण सम्बन्धी जानकारी एकै ठाउँबाट प्राप्त गराउने व्यवस्था गर्नु रहेकाे अायाेजकले बताएकाे छ ।
एक्स्पोका मुख्य आकर्षणहरू ः
रियल इस्टेट सम्बन्धी प्रत्यक्ष परामर्श ।
योग्य र अनुभवी एजेन्टहरूबाट प्रत्यक्ष सल्लाह ।
किनबेच, कानुनी प्रक्रिया, मूल्य निर्धारण आदिमा स्पष्ट जानकारी ।
सर्भिस फी मा विशेष छुट ।
सीमित अवधिका लागि सेवा शुल्कमा विशेष छुट ।
घरजग्गा बेच्ने वा किन्ने दुबै प्रक्रियामा लाभदायक अफरहरू ।
रियल इस्टेटमा करियर बनाउने सोच भएकाहरूका लागि परामर्श ।
विद्यार्थी, युवा, वा इच्छुक व्यक्तिका लागि करियर काउन्सिलिङ ।
‘रियल इस्टेट कसरी सुरु गर्ने’ विषयमा जानकारीमूलक छलफल ।
लालपुर्जा नेपालले आगामी दिनमा हेड अफिस र ब्रान्च अफिसहरूमै सीमित नभई, विभिन्न ठाउँमा पुगेर फिल्डमै सेवा दिन सुरु गर्ने योजना बनाएकाे छ । यसले ग्राहकलाई अझ सजिलो, सहज र भरपर्दो सेवा अनुभव गराउने विश्वास लिएकाे छ ।
लालपुर्जा नेपाल प्रा. लि. नेपालकै एक प्रतिष्ठित र अग्रणी रियल स्टेट ब्रोकर एजेन्सी हो । ‘लालपुर्जा नेपाल – जस्तो नाम, तेस्तै कामू हो’ हामीले यही भावनालाई आत्मसात गर्दै आफूलाई विश्वसनीय र भरपर्दो कम्पनीको रूपमा स्थापित यस संस्थाले देशभर पाँच शाखा र ५० भन्दा बडी समर्पित सदस्य रहेको टिमका साथ, लालपुर्जा नेपालले पारदर्शिता र इमानदारीसाथ सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ । हाम्रो मुख्य विशेषता भनेको ग्राहकको विश्वास जित्नु र निष्ठाका साथ सेवा दिनु हो, जसका कारण हामीलाई ग्राहकहरूले पुनः रोज्ने गरेका छन् ।
अहिलेसम्म १००० भन्दा बढी सम्पत्ति (जग्गा, जमिन) सूचीबद्ध छन् । ग्राहकको आवश्यकता बुझेर उपयुक्त सम्पत्तिको मिलान गराइदिने प्रमुख सेवा हो। साथै, हामी अनुभवी कानुन व्यवसायीहरूमार्फत कानुनी परामर्श सेवा पनि प्रदान गर्छौं र सत्यरयोग्य ग्राहकहरूलाई छिटो लोनको व्यवस्था समेत गरिन्छ।
यदि तपाईं नेपालमा भरपर्दो र प्रभावकारी रियल स्टेट ब्रोकर सेवा खोजिरहनु भएको छ भने, लालपुर्जा नेपाल नै तपाईंको उत्कृष्ट विकल्प हुनसक्छ ।