एनआईसी एशिया र हिमालय दृष्य रिसोर्टबीच ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता

काठमाडौं, २१ साउन । एनआई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धुलखेलमा रहेको हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
हिमालय दृष्य रिसोर्टसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।