तोलामा १३ सय रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ काराेवार ?

काठमाडौं, २७ साउन । सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ थियो । साउन २३ गते हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी आज २३०५ रुपैयाँ कायम भएको छ ।