चिलिमे हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक, नाफा बढे पनि घट्यो प्रतिसेयर आम्दानी घट्यो

काठमाडौं,२७ साउन। चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ६७ करोड ९५ लाख रुपैयाँ छ । अघिल्लो आवको तुलनामा नाफा सामान्य बढेको हो । अघिल्लो आर्थिक वर्षको नाफा ६७ करोढ ८५ लाख रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ । नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले ८ रुपैयाँ १० पैसा रहेकोमा गत आर्थिक वर्षमा ७ रुपैयाँ ७४ पैसा छ ।
नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घट्नुको कारण सेयर संख्या बढ्नु हो । बोनस सेयरका कारण कम्पनीको चुक्ता पूँजी ८ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ९८ करोड रुपैयाँ थियो ।
प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा छ । बजारमा सेयर मूल्य प्रतिकित्ता ५२८ रुपैयाँ छ ।