माबिलुङ इनर्जीको साधारण सेयर
काठमाडौं, २७ साउन। माबिलुङ इनर्जी लिमिटेडले साधारण सेयरको बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर बिक्री गरेको कम्पनीले दोस्रो चरणमा सोमबारदेखि सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८ दशमलव ९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार पाँच सय ३० कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा तीन लाख ८५ हजार आठ सय २४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने एक लाख ५० हजार चार सय ७१ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि बिक्री गरी बाँडफाँट गरिसकेको पछि कम्पनीले दोस्रो साधारण सेयर सर्वसाधारणको लागि सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार पाँच सय रुपैयाँबराबरको १३ लाख ५४ हजार दुई सय ३५ कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो । सोमध्ये ३० हजार ९५ कित्ता सेयर कर्मचारीहरूका लागि र ७५ हजार दुई ३६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको १२ लाख ४८ हजार नौ सय चार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
सेयर खरिदको लागि न्यूनतम १० र अधिकतम ५० हजार कित्ताको सीमा तोकिएको छ । सेयर खरिदको लागि यही साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि भदौ ९ गतेसम्म लम्बिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।



