Date

बिहि, साउन २९, २०८२
Thu, August 14, 2025

प्रभु बैंकको नाफासँगै बढ्यो खराब कर्जा, अन्य सूचक कस्ता ?

प्रभु बैंकको नाफासँगै बढ्यो खराब कर्जा, अन्य सूचक कस्ता ?

काठमाडौं, २८ साउन । प्रभु बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरणमा बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो । बैंकको खुद नाफा गत आर्थिक वर्ष ९६५.४१ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड २६ लाख पुगेको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षमा ५१ करोड ८ लाख खुद नाफा आर्जन गरेको थियो ।

बैंकको नाफामा उछाल आउँदा खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ८९ करोड खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षमा ७ अर्ब १९ करोड ब्याज आम्दानी गरेको छ ।

यस्तै, बैंकको प्रतिशेयर आम्दानी (इपीएस) अघिल्लो आर्थिक वर्षमा २.१७ रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा बढेर २३.१२ रुपैयाँ कायम भएको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड रहेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ऋणात्मक रहेको थियो ।

यता, गत वर्ष बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४.४९ प्रतिशत खराब कर्जा रहेकोमा बढेर ४.९६ प्रतिशत पुगेको छ । हाल बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा १३ अर्ब ५५ करोड १२ लाख रुपैयाँ रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *