Date

शुक्र, भदौ ६, २०८२
Fri, August 22, 2025

जोशी हाईड्रोपावरको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप

जोशी हाईड्रोपावरको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप

काठमाण्डौ, ४ भदौ । । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप गरिएको छ ।

सुरुमा आवेदन दिने म्याद भदौ ४ गतेसम्म तोकिएको भए पनि माग अनुसार पर्याप्त आवेदन नपरेको भन्दै कम्पनीले भदौ १९ गते सम्मका लागि समयावधि थप गरेको हो । हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर (१ः०.६५ अनुपातमा) १०० रुपैयाँ अंकित दरमा जारी गरेको छ ।

कम्पनीले हकप्रद निष्कासनका लागि असार ८ गते बुक क्लोज गरेको थियो, जसअनुसार असार ७ गतेसम्म नेप्सेमा शेयर किनेकाले मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् ।

यस हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको । लगानीकर्ताले क्यापिटलको काठमाडौं कार्यालय, जोशी हाईड्रोको कार्यालय, लक्ष्मी सनराइज बैंकको इलाम शाखा, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ’मेरो सेयर’ प्रणालीबाट आवेदन दिन सक्नेछन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *