Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

तुलसीप्रसाद घिमिरे नागरिक लगानी कोषको नयाँ अध्यक्ष नियुक्त

तुलसीप्रसाद घिमिरे नागरिक लगानी कोषको नयाँ अध्यक्ष नियुक्त

काठमाडाैं, ४ भदाै । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार नागरिक लगानी कोषका नवनियुक्त अध्यक्ष तुलसीप्रसाद घिमिरेलाई बधाइ तथा सफलताको शुभकामना दिएका छन्।

आइतबारको उपप्रधान तथा अर्थमन्त्री स्तरको निर्णय अनुसार घिमिरेलाई कोष सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरिएको हो।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनले केन्द्रीय बैंकमा सेवा गर्दै सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ तथा अनुसन्धानलगायत विभिन्न विभागमा कार्य गरेको अनुभव हासिल गरेका छन्।

अर्थमन्त्री पौडेलले घिमिरेको अनुभव र योग्यता नागरिक लगानी कोषलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *