भायानेट बने दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर

काठमाडाैं, ४ भदाै । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बनेको छ। भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने प्रतियोगिता भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा आयोजना हुनेछ।
प्रतियोगितामा सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आइएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, केआइइसी, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक, क्वेस्ट फर्मास्युटिकल्स, प्रभु बैंक, सालिको, युनाइटेड अजोड इन्स्योरेन्स, स्प्राउट टेक, नेपाल बैंक र आइसिएफसी फाइनान्स गरी २० कर्पोरेट टिम सहभागी हुनेछन्।
भायानेट पछिल्लो समय घरायसी इन्टरनेट मात्र नभई कर्पोरेट क्षेत्रमा पनि विश्वासिलो सेवा प्रदायकको रूपमा स्थापित भएको छ। कम्पनीले होटल, बैंक तथा वित्तीय संस्था, उद्योग, सेवा र शैक्षिक संस्थासँग जोडिएको सेवा प्रदान गर्दै आएको छ।
भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले भने,
“हामी घरायसी इन्टरनेटको पहिलो रोजाइ मात्र नभई कर्पोरेट क्षेत्रमा पनि विश्वासिलो पार्टनर बनिसकेका छौँ। हाम्रो दृष्टिकोण ‘Beyond Connectivity’ हो। कर्पोरेट क्रिकेट लिगमार्फत बैंक, वित्तीय संस्था, उद्योग, सेवा तथा शिक्षण क्षेत्रसँग सम्बन्ध अझ सुदृढ बनाउने हाम्रो मुख्य उद्देश्य हो। खेलकुदले सम्बन्ध बलियो बनाउन ठूलो भूमिका खेल्छ।”
प्रतियोगिताले कर्पोरेट जगत र खेलकुदको समन्वयलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।