Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

भारत–चीन लिपुलेक पासबाट व्यापार खोल्न सहमत

भारत–चीन लिपुलेक पासबाट व्यापार खोल्न सहमत

काठमाडाैं, ४ भदाै । भारत र चीनले नेपालको लिपुलेक पास हुँदै द्विपक्षीय व्यापार पुनः सञ्चालन गर्ने सहमति गरेका छन्। लिपुलेक पास नेपालको पश्चिमी सीमा, लिम्पियाधुराबाट करिब ५६ किलोमिटर भित्रको भूभाग हो।

चिनियाँ विदेशमन्त्री वाङ यी को भारत भ्रमणको क्रममा, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको निमन्त्रणामा भाद्र २–३ गते भएको वार्तामा यो सहमति भएको हो। भारतीय विदेशमन्त्री एस. जयशंकर सँगको द्विपक्षीय वार्तामा सहमतिको बुँदा नम्बर ९ मा लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार खोल्ने कुरा उल्लेख गरिएको छ।

यो १० वर्षपछि भारत र चीनबीच नेपालको भूमि हुँदै व्यापारको विषय उठेको हो। सन् २०१५ मा पनि दुवै देशले लिपुलेक पासमार्फत व्यापार अभिवृद्धि गर्ने सहमति गरेका थिए। तर, त्यस बेलामा नेपाललाई जानकारी नदिई गरिएको सहमतिको कारण नेपालमा तीव्र विरोध भएको थियो र तत्काल कुटनीतिक नोट पठाइएको थियो।

गतवर्षदेखि भारत–चीन सम्बन्ध सुधारको क्रम बढेपछि पुनः लिपुलेकमार्फत व्यापार खोल्ने सहमति आएको हो। सन् २०२० मा गलवान घाटीमा भएको झडप पछि सम्बन्ध तनावपूर्ण भएको थियो। दुवै देशले उच्चस्तरीय वार्ता र चरणबद्ध भेटघाटमार्फत सम्बन्ध सुधार गर्न पहल गरिरहेका छन्।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो भूभाग मान्दै २०७७ जेठमा नयाँ नक्सा जारी गरेको थियो। तर, भारत र चीनले आफ्नो नक्सामा उक्त भूभाग आफ्नो नियन्त्रणभित्र देखाएका कारण विवाद चर्किएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *