Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

अलैँचीको भाउ ७ वर्ष यताकै उच्च, कतिमा काराेवार हुन्छ ?

अलैँचीको भाउ ७ वर्ष यताकै उच्च, कतिमा काराेवार हुन्छ ?

काठमाडौं, ४ भदौ । खोल्साको सुन भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको शुुरुवाती समयमा नै उच्च भाउ पाएको छ ।

अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार बिर्तामोडमा सोमबार प्रतिमन (४० केजी) ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ ।

गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन ४० हजारसम्ममा भएको थियो । अलैँचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ । अलैँचीको प्रतिमन मूल्य एक लाख पाँच हजार रुपैयाँसम्म पुगेको थियो ।

सोही सालको मङ्सिरमा मूल्य अझ बढेर प्रतिमन एक लाख सात हजार पुगेको थियो । २०६७ सालमा प्रतिमन अलैँची एक लाख २० हजारसम्ममा कारोबार भएको थियो । त्यसभन्दा बढी मूल्यका अलैँचीको कारोबार कहिल्यै भएको थिएन ।

भदौ–असोजतिर भाउ धेरै भएकाले मङ्सिर–पुसतिर अझै बढ्न सक्ने सङ्केत देखिएको महासंघको भनाइ छ । नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरे पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ ।

कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाका भएर सात अर्ब ६७ करोडको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशत निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *