Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

सुस्ताएको अटो बजारमा ‘सस्तो कर्जा युद्ध’ सुरु

सुस्ताएको अटो बजारमा ‘सस्तो कर्जा युद्ध’ सुरु

काठमाडाैं, ५ भदाै । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो–२०२५’ यसपटक केवल नयाँ मोडलका कार, बाइक र विद्युतीय सवारी साधनकै कारण होइन, बैंक तथा वित्तीय संस्थाले ल्याएका इतिहासकै सस्तो अटो कर्जा अफरहरूका कारण विशेष चर्चामा आएको छ ।

ग्राहकहरूको भीड गाडी हेर्न मात्र नभई बैंकहरूले ल्याएका ब्याजदर तुलना गर्न पनि लागेको देखिन्छ । यस वर्ष आधा दर्जनभन्दा बढी बैंकले बजारमा प्रतिस्पर्धा बढाउँदै लोभलाग्दा योजनासहित अटो कर्जा घोषणा गरेका छन् ।

सबैभन्दा आकर्षक अफर कृषि विकास बैंकले ल्याएको छ, जसले केवल ६.२३ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ । यसपछि नबिल बैंकले ६.७४ प्रतिशत, ग्लोबल आइएमई र नेपाल एसबीआईले समान ६.९९ प्रतिशतमा कर्जा दिने योजना अघि सारेका छन् । ग्लोबलले थप रूपमा ५ वर्षे स्थिर योजना ८.२५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ ।

हिमालयन बैंकले आफ्नो कर्जा योजना हालको आधारदरमा आधारित राखेको छ, जसअनुसार हाल ब्याजदर करिब ७.५७ प्रतिशत पर्छ । बैंकले अधिकतम ८ वर्षे अवधिसम्म कर्जा सुविधा दिने जनाएको छ ।

विद्युतीय गाडीलाई प्राथमिकता दिँदै एनएमबी बैंकले ७.१३ प्रतिशत ब्याजदर राखेको छ भने ५ वर्षे स्थिर योजनामा ८.८९ प्रतिशत लागू हुने जनाएको छ । सानिमा बैंकले पनि विद्युतीय गाडीका लागि ७.४९ प्रतिशत स्थिर दरमा कर्जा दिने घोषणा गरेको छ ।

त्यसैगरी, लक्ष्मी सनराइज बैंकले ७ वर्षे अवधिसम्म ७.९९ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने जनाएको छ ।

यसपटकको अटो शोमा सवारी साधनको प्रदर्शनभन्दा पनि ‘सस्तो ब्याजदरको दौड’ ग्राहकको प्रमुख आकर्षण बनेको छ । गाडी किन्न चाहनेहरूले ब्याजदरकै आधारमा आफ्नो रोजाइ निश्चित गर्ने अवस्था देखिएको छ । बैंकहरूले स्टलमै विशेष परामर्श टिम राखेर कर्जा प्रक्रियाबारे सहज जानकारी दिने व्यवस्था मिलाएका छन् ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *