रिभर फल्स पावरले ७० लाख हकप्रद शेयर ल्याउँदै

काठमाडाैं, ५ भदाै । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर ल्याउने तयारी गरेको हो ।
यसअनुसार, कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर जारी गर्नेछ, अर्थात् हालको १ कित्ता शेयर बराबर १ कित्ता नयाँ हकप्रद शेयरका लागि शेयरधनीले आवेदन दिन पाउनेछन् ।
कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरिसकेको छ । त्यसअनुसार, साउन २५ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका शेयरधनी मात्र हकप्रद शेयरका लागि योग्य हुनेछन् ।
कम्पनीको हकप्रद शेयरमा आवेदन दिने अवधि भदौ २३ गतेदेखि असोज १२ गतेसम्म रहनेछ ।