Date

शुक्र, भदौ ६, २०८२
Fri, August 22, 2025

एकै वर्षमा बैंकको सेयर आम्दानी ५३ प्रतिशतले उकालो

एकै वर्षमा बैंकको सेयर आम्दानी ५३ प्रतिशतले उकालो

काठमाडाैं, ५ भदाै । वाणिज्य बैंकहरूको सेयर कारोबारबाट हुने आम्दानी उच्च दरमा वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूको सेयर कारोबार आम्दानी अघिल्लो वर्षको तुलनामा ५३.५७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको विवरणमा देखिएको छ।

बैंकहरूले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, गत वर्ष २० वटै वाणिज्य बैंकहरूले सेयर कारोबारमार्फत जम्मा ९ अर्ब ३८ करोड ३२ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेका छन्। अघिल्लो वर्ष यो आम्दानी ६ अर्ब ११ करोड १ लाख ९५ हजार रुपैयाँ थियो।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था गरेको छ। सोही प्रावधान अन्तर्गत गरिएको लगानीबाट आएको आम्दानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने भएकाले यो आम्दानी सार्वजनिक विवरणमा परिलक्षित भएको हो।

सबैभन्दा बढी कमाउने बैंक

गत वर्ष सबैभन्दा धेरै आम्दानी गर्ने बैंकमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रह्यो। बैंकले ९१ करोड ६८ लाख रुपैयाँ कमायो, जुन अघिल्लो वर्षको तुलनामा ५७.८५ प्रतिशतले बढी हो।

दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रह्यो जसले ७६ करोड ६० लाख रुपैयाँ कमायो (६३.१५ प्रतिशत वृद्धि)।

यस्तै, स्ट्याण्डर्ड चार्टर्डले ७६ करोड १० लाख, नबिल बैंकले ७६ करोड ८१ लाख, हिमालयन बैंकले ६३ करोड २५ लाख, सानिमा बैंकले ५९ करोड ३३ लाख, प्रभु बैंकले ५४ करोड २६ लाख, कृषि विकास बैंकले ५७ करोड ८५ लाख, लक्ष्मी सनराइज बैंकले ५२ करोड २ लाख, एभरेष्ट बैंकले ४९ करोड ९३ लाख, सिद्धार्थ बैंकले ४२ करोड ४१ लाख र कुमारी बैंकले ४० करोड ९३ लाख रुपैयाँ आम्दानी गरेका छन्।

अन्य बैंकहरूको स्थिति

त्यस्तै, एनएमबी बैंकले ३६ करोड ५ लाख, माछापुच्छ्रे बैंकले ३३ करोड २१ लाख, सिटिजन्स बैंकले ३० करोड २७ लाख, नेपाल एसबिआई बैंकले २८ करोड ८ लाख, प्राइम बैंकले २४ करोड, नेपाल बैंकले २० करोड २१ लाख, एनआइसी एशिया बैंकले १६ करोड २७ लाख र राष्ट्रिय वाणिज्य बैंकले १२ करोड ९४ लाख रुपैयाँ सेयर कारोबार आम्दानी गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *