Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

रुसी तेलमा भारतको बढ्दो निर्भरता, अमेरिकाको कडा आपत्ति

रुसी तेलमा भारतको बढ्दो निर्भरता, अमेरिकाको कडा आपत्ति

काठमाडाैं, ५ भदाै । अमेरिकाले भारतलाई रुससँगको तेल व्यापारमार्फत सस्तोमा किनेर महँगोमा बेच्दै १६ अर्ब डलर बराबरको नाफा कमाएको आरोप लगाएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार दिएको अभिव्यक्तिमा भारतले युद्धपछिको अवसरलाई नाफा कमाउने साधनमा मात्र प्रयोग गरेको दाबी गरिएको छ ।

उनका अनुसार, रुस–युक्रेन युद्ध सुरु भएपछि चीनको तेल आयात ३ प्रतिशतले मात्र बढेको भए पनि भारतको आयात ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बेसेन्टले भारतको यो व्यापार “केही धनी परिवारहरूको हितमा मात्रै प्रयोग भएको” दाबी गर्दै, यसलाई अस्वीकार्य भनेका छन् ।

यसबीच, ट्रम्प प्रशासनले भारतविरुद्ध कडा कदम चाल्दै अमेरिकी बजारमा प्रवेश गर्ने भारतीय सामानमा २५ प्रतिशत अतिरिक्त महसुल थप्ने निर्णय गरेको छ । यससँगै कुल भन्सार महसुल ५० प्रतिशतसम्म पुग्नेछ । नयाँ व्यवस्था अगस्ट २७ देखि लागू हुने बताइएको छ ।

बेसेन्टले सीएनबीसीसँगको अन्तर्वार्तामा भारतको यो व्यापारिक अभ्यासलाई “पूर्ण रूपमा अस्वीकार्य” भन्दै, यदि ट्रम्प–पुटिन वार्तामा सहमति नभए भारतमाथि थप प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन् ।

यता, भारतले अमेरिकी कदमलाई अनुचित भन्दै “राष्ट्रिय हित र आर्थिक सुरक्षाको लागि आवश्यक सबै कदम चालिने” प्रष्ट पारेको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *