भक्तपुरमा पञ्चदान पर्वको भव्य मनाइँ

काठमाडाैं, ५ भदाै ।आज भक्तपुरमा पञ्चदान पर्व भव्य रूपमा मनाइँदैछ। प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशी (गुँलागा त्रयोदशी) मा बौद्ध धर्मावलम्बी नेवार समुदायले यो पर्व उत्साहपूर्वक मनाउने परम्परा रहेको छ।
पञ्चदान पर्व बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण एवं ठूलो पर्व मानिन्छ। यस अवसरमा भक्तपुरका पाँच बिहारबाट निस्किएका दिपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराएर पूजा गर्ने परम्परा रहेको छ।
पर्वको क्रममा आगन्तुकहरू र स्थानीयबासीहरूले परम्परागत सांस्कृतिक र धार्मिक रीतिरिवाजअनुसार सहभागी भई आस्था व्यक्त गर्ने गर्दछन्। यस पर्वले नेवार समुदायको सांस्कृतिक पहिचान र बौद्ध धर्मको ऐतिहासिक महत्वलाई प्रस्ट रूपमा प्रस्तुत गर्दछ।