Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

लिपुलेकमा भारत र चीनबीच भएको सहमतिप्रति एमालेको आपत्ति

लिपुलेकमा भारत र चीनबीच भएको सहमतिप्रति एमालेको आपत्ति

काठमाडौं, ५ भदौ । भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको र नेपालको स्वीकृति र सहभागिताबिना छिमेकी देशहरूबीच सीमा व्यापार गर्ने सम्झौता भएको भन्दै विरोध गरेका हुन् ।

उनले नेपाल भूगोल र जनसंख्याको हिसाबले सानो देश भएपनि देशको स्वाधीनता बराबर हुने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *