Date

सोम, भदौ ९, २०८२
Mon, August 25, 2025

नाडा अटो शो–२०२५: १ लाख ६० हजारको भीड, उड्ने ट्याक्सी देखियो

नाडा अटो शो–२०२५: १ लाख ६० हजारको भीड, उड्ने ट्याक्सी देखियो

काठमाडाैं, ९ भदाै । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी मानिने ‘१७ औँ संस्करणको नाडा अटो शो–२०२५’ भव्य रूपमा सम्पन्न भएको छ। गत मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको अटो शो आइतबार सम्पन्न भएको हो।

छ दिनसम्म चलेको प्रदर्शनीमा १ लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। अघिल्ला संस्करणहरूको तुलनामा यस वर्षको अटो शो ऐतिहासिक भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले दाबी गरे।

उनका अनुसार यस पटक पहिलोपटक उड्ने ट्याक्सी र रोबोट प्रविधि देखाउन सफल भएको छ। साथै, इलेक्ट्रिक सवारीसाधन, अत्याधुनिक प्रविधि र नविनतम अटो समाधानहरू प्रदर्शनीको आकर्षण बनेका थिए।

चौधरीले यो संस्करणलाई “मोस्ट एड्भान्स, मोस्ट लार्जेस्ट, मोस्ट इन्क्लुसिभ” भन्दै अहिलेसम्मकै सबैभन्दा धेरै राजस्व जेनेरेट गर्ने प्रदर्शनी भएको बताए।

यस वर्षको अटो शोले नेपाली बजारमा इलेक्ट्रिक गाडी, स्मार्ट प्रविधि र भविष्यका सवारी समाधानप्रति उपभोक्ताको बढ्दो चासो र सम्भावना स्पष्ट पारेको आयोजकहरूको भनाइ छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *