Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

एक महिनामा ६ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै

एक महिनामा ६ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै

काठमाडौं, १० भदौ । अबको एक महिनामा विभिन्न ६ कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ । म्युचुअल फन्ड, स्थानीय तथा संस्थापक समूहले होल्ड गरेको ६ कम्पनीका सेयरमा लकइन अवधि सकिन लागेको हो । नेप्सेले सार्वजनिक सूचनामार्फत लकइन अवधि सकिनेबारे जानकारी गराएको छ ।

म्युचुअल फन्डले होल्ड गरेको नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार ५०० कित्ता सेयरमा भदौ २२ गते लकइन अवधि सकिने भएको छ । त्यस्तै रसुवागढी हाइड्रोपावरको आयोजना प्रभावित स्थानीयले होल्ड गरेको ६८ लाख ४२ हजार १ सय कित्ता सेयरमा भदौ २७ देखि लकइन अवधि सकिने भएको छ ।

म्युचुअल फन्डले होल्ड गरेको क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १ लाख १२ हजार ५ सय कित्ता सेयरमा असोज ५ गतेदेखि लकइन अवधि सकिने भएको छ ।

सिक्लेस हाइड्रोपावरको संस्थापक सेयर ६४ लाख ९९ हजार ९५० कित्ता सेयरमा असोज ८ गते लकइन अवधि सकिने भएको छ ।

म्युचुअल फन्डको होल्डमा रहेको ओम मेगाश्री फर्मास्युटिकल्सको ९० हजार कित्ता सेयरमा असोज ११ गते लकइन अवधि सकिने छ । पिपुल्स पावरको ४८ लाख ३९ हजार ३९० कित्ता संस्थापक सेयरमा असोज ११ गते नै लकइन अवधि सकिने छ ।

लकइन अवधि सकिएको भोलिपल्टबाट यी सेयर साधारणसरह, उहीं मूल्यमा कारोबारमा आउँछन् । जसले गर्दा सेयर संख्या बढ्न गई मूल्य घट्ने जोखिम रहन्छ ।

यहीं जोखिमलाई मध्यनजर गर्दै नियामक धितोपत्र बोर्डको निर्देशनपछि कम्पनीहरूले एक महिना पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी दिँदै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *