नबिल बैंकको सहज शैक्षिक कर्जा अब अझ सहज

काठ्माण्डौँ, १८ भदौ । नबिल बैंकले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रकृयालाई सहज बनाएको छ । बैकले विद्यार्थीहरुले सम्बन्धित कलेज÷विश्वविद्यालयबाट भर्नाको लागि अफर–लेटर प्राप्त गर्नु अघि नै शैक्षिक कर्जाको लागि बैंकमा आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

बैंकका अनुसार विद्यार्थीहरुले प्रयासरत कलेज÷विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रष्टपार्ने कागजात सहित बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन । यो नयाँ व्यवस्थाले शैक्षिक कर्जा सेवा प्रदान गर्न अत्यन्त सहज हुने अपेक्षा गरिएको छ, जसबाट विद्यार्थीलाई एकातिर कर्जा प्रकृयाको लागि पर्याप्त समय उपलब्द हुनेछ भने शत्रमा देखिने चाप तथा छोटो समयमा प्रकृया पु¥याउनुपर्ने वाध्यताबाट विद्यार्थीहरु मुक्त हुनेछन ।

सो योजनाले विद्यार्थीहरुको लागि अझ राम्रो सेवा प्रदान गर्ने र शैक्षिक कर्जा प्रकृया सरल र सहज हुने बिस्वास बैंकले लिएको छ । यस्तो प्रकारको कर्जा आवेदन गर्न अब विद्यार्थीहरुले कलेज÷विश्वविद्यालयबाट अफर–लेटरको लागि लामो समय प्रतिक्षा गरिरहनु पर्दैन ।

नबिल बैंकले ७४ शाखाहरु, १ सय १८ एटिएम काउण्टर, १५०० भन्दा बढी रेमिट एजेण्ट सहितको ब्यापक स्थानीय सञ्जाल तथा संसार भरीका प्रशस्त सम्पर्क संस्थाहरुको माध्यमबाट देश–विदेशमा आफ्नो सेवालाई विस्तार गरिरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *