Date

बिहि, भदौ १२, २०८२
Thu, August 28, 2025

बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.६ प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.६ प्रतिशतले बढ्यो

काठमाडौं, १२ भदौ । आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार निक्षेप परिचालन १२.६ प्रतिशत अर्थात् ८ खर्ब ११ अर्ब ४९ करोड रुपैयाँले बढेको हो ।

अघिल्लो वर्ष यो वृद्धि दर १३ प्रतिशत (७ खर्ब ४२ अर्ब ३७ करोड) रूपैयाँ थियो । २०८२ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती खाताको अंश ७.१ प्रतिशत, बचत खाताको अंश ३६.८ प्रतिशत र मुद्दती निक्षेपको अंश ४८.३ प्रतिशत पुगेको छ।

अघिल्लो वर्ष क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत रहेकाे थियाे। प्रतिवेदनअनुसार सो अवधिमा संस्थागत निक्षेपको अंश ३६.१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३६.२ प्रतिशतभन्दा घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *