Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय समिति गठन

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं, १३ भदौ । नेपाल बिमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।

समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी रहेका छन्। समितिका अन्य सदस्यहरूमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ डा. खोमराज खरेल रहेका छन्।

भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। बीमा प्राधिकरणमा अध्यक्ष पद रिक्त भएपछि सरकारले नयाँ नेतृत्व चयनका लागि समिति बनाएको हो।

गत फागुनमा नियुक्त तत्कालीन अध्यक्ष शरद ओझालाई सरकारले साउनमा पदमुक्त गरेको थियो। समितिले अब योग्य उम्मेदवारको नाम सिफारिस गर्नेछ र त्यसपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *