Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

बैंकहरुको निक्षेप र कर्जा प्रवाह दुवैमा तीव्र वृद्धि

बैंकहरुको निक्षेप र कर्जा प्रवाह दुवैमा तीव्र वृद्धि

काठमाडौं, १३ भदौ । बैंकहरूले व्यवसाय विस्तारमा तीव्र जोड दिएका छन्। लामो समयदेखि सुस्ताएको आर्थिक गतिविधि अब विस्तारै गतिशिल हुँदै आएको छ। केही समय अघिसम्म बैंकमा निक्षेप भित्रिएको भए पनि कर्जा प्रवाह सुस्त थियो। तर हाल दुवै पक्षमा सकारात्मक वृद्धि देखिएको छ।

गत आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, बैंकहरूको कुल निक्षेप १३.७३ प्रतिशत वृद्धि भएर ६४ खर्ब ४३ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ पुगेको छ। एकै वर्ष वाणिज्य बैंकमा ७ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बढी निक्षेप थपिएको छ। एनआइसी एशिया बाहेकका सबै बैंकको निक्षेप संकलन बढेको छ।

सबैभन्दा धेरै निक्षेप ग्लोबल आइएमई बैंकको छ, जसको कुल निक्षेप ५ खर्ब ५० अर्ब ६२ करोड ८४ लाख रुपैयाँ पुगेको छ। नबिल बैंक दोस्रो र राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १७.०९ प्रतिशत वृद्धि पाएको छ। अन्य बैंकहरू जस्तै कुमारी, लक्ष्मी सनराइज, प्रभू, नेपाल बैंक, हिमालयन र एनआइसी एशियाले पनि उल्लेख्य निक्षेप वृद्धि देखाएका छन्। एभरेष्ट बैंकको निक्षेपमा सबैभन्दा बढी २८.६३ प्रतिशत वृद्धि भएको छ।

कर्जा प्रवाहमा पनि बैंकहरूले वृद्धि देखाएका छन्। कुल कर्जा लगानी ८.०९ प्रतिशत बढेर ४८ खर्ब ५५ अर्ब ३८ करोड २४ लाख रुपैयाँ पुगेको छ। ग्लोबल आइएमई बैंक कर्जा प्रवाहमा पहिलो स्थानमा छ, जसले ११.५९ प्रतिशत वृद्धि गरेर ४ खर्ब २७ अर्ब ५८ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। नबिल बैंक दोस्रो र एनआईएम दोस्रो सूचीमा रहेका छन्। राष्ट्रिय वाणिज्य बैंकले पनि १८.१८ प्रतिशत वृद्धि पाएको छ।

एभरेष्ट बैंकले कर्जा प्रवाहमा सबैभन्दा उच्च २०.१९ प्रतिशत वृद्धि गरेको छ। एनएमबि, प्राइम, नेपाल बैंक, माछापुच्छ्रे, सानिमा, लक्ष्मी सनराइज र सिद्धार्थ बैंकहरूले पनि उल्लेखनीय वृद्धि देखाएका छन्। तर एनआइसी एशिया, कुमारी र स्ट्यान्डर्ड चार्टर्डको कर्जा प्रवाहमा कमी आएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *