Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

चिनियाँ इलेक्ट्रिक एसयूभीले नेपाली बजारमा ल्यायो नयाँ प्रतिस्पर्धा

चिनियाँ इलेक्ट्रिक एसयूभीले नेपाली बजारमा ल्यायो नयाँ प्रतिस्पर्धा

काठमाडाैं, २३ भदाै । नेपाली अटो बजारमा चिनियाँ इलेक्ट्रिक भेइकल (ईभी) को प्रभाव तीव्र गतिमा बढिरहेको छ। चीनको उन्नत ब्याट्री र आकर्षक नयाँ डिजाइनले यी एसयूभीहरूलाई किफायती, शक्तिशाली र टिकाउ बनाएको छ। ४० देखि ५० लाख रुपैयाँ मूल्य दायरामा रहेका मिडसाइज एसयूभीहरूको प्रतिस्पर्धा अझ तीव्र बनेको छ।

यी नयाँ एसयूभीहरू केवल बलियो र टिकाउ मात्र छैनन्, तर स्मार्ट टेक्नोलोजी र किफायती मूल्यको उत्कृष्ट संयोजन पनि प्रस्तुत गर्छन्। प्यानारोमिक सनरुफ, ३६० डिग्री क्यामरा, अटोनोमस ड्राइभिङ असिस्ट जस्ता सुविधाहरूले यी गाडीहरूलाई बजारमा नयाँ मापदण्डमा पुर्याएका छन्।

उपभोक्तालाई विभिन्न विकल्प दिन थालेका यी मिडसाइज एसयूभीहरूले ग्राहकहरूको छनोट दायरा पनि बढाएका छन्। नयाँ प्रविधी र लग्जरी सुविधासहित किफायती मूल्यमा उच्च प्रदर्शनको गाडी उपलब्ध हुन थालेको छ।

बजारमा उपलब्ध पाँच उत्कृष्ट मिडसाइज कम्प्याक्ट ईभीहरूमा एमजी एस–फाइभ लग्जरी, लीपमोटर बी–१०, दीपल एस–०५ प्लस, बीवाइडी एटो–२ र नामी भीगो इटु प्लस समावेश छन्। यी मोडेलहरूले अत्याधुनिक टेक्नोलोजी र आकर्षक डिजाइनको साथ प्रतिस्पर्धा गरिरहेका छन्।

नामी भीगो इटु प्लस
मूल्य: ४१ लाख ९९ हजार रुपैयाँ।
५१.८७ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटरसँग, यस एसयूभीले ३५० किलोमिटरको रेञ्ज दिन्छ। प्यानारोमिक मुनरुफ र हिटेड/भेन्टिलेटेड ड्राइभर सिट जस्ता सुविधाहरूले यसलाई आकर्षक बनाएको छ।

बीवाइडी एटो–२
मूल्य: ४३ लाख ९९ हजार रुपैयाँ।
१०० किलोवाट मोटर र ५१.१३ किलोवाट आवर ब्याट्रीका साथ ३४५ किलोमिटरको रेञ्ज। २०० एमएम ग्राउण्ड क्लियरेन्स र २६२० एमएम ह्वीलबेसले अफ–रोड ड्राइभिङका लागि उपयुक्त बनाएको छ।

दीपल एस–०५ प्लस
मूल्य: ४९ लाख ९९ हजार रुपैयाँ।
५६.१ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटरसँग ४०० किलोमिटरको रेञ्ज। प्रिमियम डिजाइन र अत्याधुनिक सुविधाहरूले यसलाई विशिष्ट बनाएको छ।

एमजी एस–फाइभ लग्जरी
मूल्य: ४९ लाख ९९ हजार रुपैयाँ।
४९.१ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटरसँग ३४० किलोमिटरको रेञ्ज। ५ लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन र १८० एमएम ग्राउण्ड क्लियरेन्सले ड्राइभिङ अनुभवलाई अझ आरामदायक बनाएको छ।

लीपमोटर बी–१०
मूल्य: ४९ लाख ९९ हजार रुपैयाँ।
१६० किलोवाट मोटर र ५६.२ किलोवाट आवर ब्याट्रीसहित ४२० किलोमिटरको रेञ्ज। १८० एमएम ग्राउण्ड क्लियरेन्स र २७३५ एमएम लामो ह्वीलबेसले स्थिर र कम्फर्टेबल ड्राइभिङ प्रदान गर्दछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *