Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

काठमाण्डौ महानगरपालिकाले सामुहिक बस्ती निमार्ण गर्ने

काठमाण्डौ महानगरपालिकाले सामुहिक बस्ती निमार्ण गर्ने

काठमाण्डौ, १९ भदौ । काठमाण्डौ महानगरपालिकाले एकिकृत सामुहिक बस्ती निमार्ण गर्ने भएको छ ।

काठमाण्डौ वडा नम्बर १८ किलाक्वं गल्ली दम्बोचुकमा भएको करीव ३ रोपनी क्षेत्रफलमा भएका घरलाई महानगरपालिकाले एकीकृत गरी सामुहिक आवासमा रुपान्तरण गर्ने भएको हो । उक्त क्षेत्रमा भएका ५४ घरहरु मध्ये ३६ घरहरुलाई २०७२ साल बैशाख १२ गतेको भुकम्पले बस्नै नहुने गरि भत्काएको थियो । त्यहाँका अधिकांश परिवारहरु अझै पनि अस्थायी टहरोमा बस्दै आएका छन् । सोमबार राष्ट्रिय पुननिर्माण प्रधिकारण र काठमाण्डौ महानगरपालिकाबीच भएको बैठकले उक्त निर्णय गरेको हो ।

भित्री सहरी क्षेत्रको आकर्षण बढाउन त्यस क्षेत्रलाई सांस्कृतिक प्रवद्र्धनस्थलका रुपमा विकास गरि स्थानिय जनताका लागी सुरक्षित आवस निर्माण गर्ने बताउँदै काठमाण्डौ महानगरका मेयर विद्या सुन्दर शाक्यले आवस निर्माणका लागी स्थानीयको सहमति लिइसकेका बताएका छन् । ६० करोड लागत अनुमान गरिएको एकिकृत सामुहिक बस्ती निर्माण अवधिमा स्थानियहरुलाई व्यवस्थापन, भूकम्प प्रभावितहरुलाई सरकारले दिने सहयोगको एकमुष्ट प्राप्ति, भूकम्पले घर नभत्काएका तर सामुहिक आवासका लागि भत्काउनु पर्ने घरधनीलाई दिइने सहुलियतका विषयमा स्पष्ट भए पछि काम थाल्ने मेयर शाक्यले जानकारी दिएका छन् ।

भूकम्पको कारण त्रस्रित भएका किलाक्वं गल्ली दम्बोचुकका बासिन्दाहरुले सुरक्षित आवस निमार्णको माग गर्दै महानगरमा घरजग्गाको लालपुर्जा समेत बुझाई सकेका छन् । एकिकृत नमुना बस्ती निर्माणका लागी यो भन्दा अगाडी पनि धेरै छलफलहरु भइसकेका थिए ।

हाल सम्म नमुना बस्ती निमार्णको नक्सा पनि तयार भएको काठमाण्डौ वडा १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिएका छन् । तर एकिकृत सामुहीक बस्ती निमार्ण गर्दा लाग्ने लागत र ऋणको भार तथा आवसको अधिकार तथा स्वामित्वको बारेमा भने प्रष्ट्र पारिएको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x