सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीको आगजनी
काठमाडाैं, २४ भदाै । मंगलबार आन्दोलनकारीहरूले सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी गरेका छन्। प्रदर्शनकारीहरू सरकारको निर्देशनमा गोली प्रहार हुँदा २० जना युवा मारिएको आक्रोशमा उत्रेका थिए।
सुरक्षा स्रोतका अनुसार, प्रदर्शन सुरुमा ढुंगामुढासँगै आक्रोशित बनेका थिए र पछि मन्त्री गुरुङको निवासमा आगो लगाएका हुन्। घटनामा थप क्षति भए नभएको बारेमा प्रारम्भिक विवरण आइसकेको छैन।
प्रदर्शनकारीको आक्रोश र आगजनीपछि सुरक्षा बलहरूले स्थिति नियन्त्रणमा लिन अतिरिक्त टोली परिचालन गरेका छन्। यो घटनाले उपत्यकामा जारी तनाव र सुरक्षाको चुनौतीलाई अझ स्पष्ट बनाएको छ।



