Date

बुध, भदौ २५, २०८२
Wed, September 10, 2025

अन्तर्राष्ट्रिय समुदायले काठमाडौं प्रदर्शनमा भएको हिंसामा चिन्ता व्यक्त

अन्तर्राष्ट्रिय समुदायले काठमाडौं प्रदर्शनमा भएको हिंसामा चिन्ता व्यक्त

काठमाडाैं, २४ भदाै । ‘जेन–जी’ को नेतृत्वमा काठमाडौंसहित देशका मुख्य सहरमा भएको प्रदर्शनका क्रममा उत्पन्न हिंसात्मक घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले गहिरो चिन्ता व्यक्त गरेको छ।

आज जारी संयुक्त वक्तव्यमा दूतावासहरूले पीडित परिवार र प्रभावित व्यक्तिहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

वक्तव्यमा शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन रहेको उल्लेख गर्दै सबै पक्षलाई संयम अपनाउन र परिस्थितिलाई थप बिग्रन नदिन आग्रह गरिएको छ। साथै, नागरिकका मौलिक अधिकार सुनिश्चित गर्न समेत जोड दिइएको छ।

राजनीतिक अस्थिरता र हिंसात्मक गतिविधिहरूले मुलुकको सुरक्षा र सामान्य जनजीवनमा असर पारेको अवस्थामा दूतावासहरूले शान्तिपूर्ण समाधान खोज्न आवश्यक रहेको बताएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *