नेपाल टेलिकमले तीन दिन निःशुल्क डेटा–भ्वाइस सेवा

काठमाडाैं, २५ भदाै । हाल देशभर देखिएको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल टेलिकमले तीन दिनका लागि निःशुल्क डेटा र भ्वाइस सेवा प्रदान गर्ने निर्णय गरेको छ।
मंगलबारदेखि लागू भएको सेवामा प्रयोगकर्ताले डेटा र भ्वाइस सेवा निःशुल्क पाउन *१४१५*८*३# डायल गरी डेटा सेवा र *१४१५*८*७# डायल गरी भ्वाइस सेवा प्रयोग गर्न सक्नेछन्।
भ्वाइस सेवा नेपाल टेलिकमको नेटवर्कमा मात्र उपलब्ध हुनेछ भने डेटा सेवा १ एमबीपीएसको गति उपलब्ध हुनेछ। टेलिकमका अनुसार यस पहलले जनताले संचार सेवामा सहज पहुँच पाउन सहयोग पुर्याउनेछ।