गंगा दाहालको घरमा शव फेला, पहिचान हुन बाँकी

काठमाडाैं, २५ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठी घरमा एक व्यक्तिको शव फेला परेको छ।
मंगलबार घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। घटनास्थलमा जलेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
हालसम्म मृतकको पहिचान हुन सकेको छैन र प्रहरीले थप अनुसन्धान जारी राखेको छ। घटनासँग सम्बन्धित अन्य विवरण र कारणको अध्ययन पनि भइरहेको छ।