Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

रामेछाप कारागारमा सामूहिक भाग्ने प्रयास, सेनाको गोलीमा कैदी घाइते

रामेछाप कारागारमा सामूहिक भाग्ने प्रयास, सेनाको गोलीमा कैदी घाइते

काठमाडाैं, २६ भदाै । रामेछाप जिल्ला कारागारका कैदीबन्दीले बिहीबार बिहान सामूहिक रूपमा भाग्ने प्रयास गरेका छन् । कारागारभित्रका ताला तोड्दै बाहिर निस्कन खोजेपछि सुरक्षाकर्मीले नियन्त्रणका लागि गोली चलाउँदा दर्जनभन्दा बढी कैदी घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्यामकृष्ण थापाका अनुसार कैदीहरूले कारागारभित्रका सबै ताला भाँचेर मुख्य गेटसम्म पुगेपछि सुरक्षाकर्मीले गोली चलाउनुपरेको हो । “भित्रका ताला फोडेर बाहिर गेटसम्म पुग्ने प्रयास गरियो, त्यसपछि सेनाले गोली चलायो,” थापाले जानकारी दिए ।

घटनामा १२–१३ जना कैदी घाइते भएको पुष्टि भएको छ भने तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूको उपचार भइरहेको सिडिओ थापाले बताए ।

रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित यस कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन् । घटनापछि सुरक्षाकर्मीले सबै कैदीलाई नियन्त्रणमा लिएका छन् र कारागार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *