सुर्खेतमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध

काठमाडाैं, २६ भदाै । शान्ति, सुव्यवस्था कायम राख्न र सम्भावित अशान्तिलाई नियन्त्रणमा लिन सुर्खेत जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि महत्वपूर्ण निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले स्थानीय प्रशासन ऐनको अधिकार प्रयोग गर्दै जिल्लाका केही प्रमुख क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन्। आज बिहान ८:३० बजेदेखि साँझ ६:०० बजेसम्म पाँच जनाभन्दा बढी व्यक्तिहरू एकै ठाउँमा भेला हुन प्रतिबन्धित छन्।
प्रशासनको सूचनाअनुसार, वीरेन्द्रनगरको सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमलसम्मको रत्न राजमार्गको उत्तरतर्फको पूरै उपत्यका क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।