Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

प्रचण्डको आरोप: गठबन्धन सरकारले जेनजी आन्दोलनमा नरसंहार मच्चायो

प्रचण्डको आरोप: गठबन्धन सरकारले जेनजी आन्दोलनमा नरसंहार मच्चायो

काठमाडाैं, २६ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारको कारण जनताको आक्रोश चरममा पुगेको बताएका छन्।

आज जारी विज्ञप्तिमा प्रचण्डले भनेका छन्, “सुशासनको डरले १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक गठबन्धनको परिणाम दुःखद रूपमा हाम्रो आमजनतासामु देखिएको छ। भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा हाम्रो सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोश चरम रूप लियो।”

प्रचण्डले जेन जी पुस्ताका युवाहरूको आवाजलाई सरकारले बर्बर तरिकाले दबाएको आरोप लगाउँदै भने, “सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु गरिएको आन्दोलन सही थियो, तर सरकारले पहिलो दिनमै बर्बर दमन र नरसंहार मच्चायो।”

उनले सरकारको कदमप्रति गम्भीर आलोचना गर्दै न्याय सुनिश्चित गर्न आवश्यक कदम चाल्न समेत जोड दिएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *