ई–७ भिसामा कोरिया रोजगार रोकियो
काठमाडाैं, १ असाेज । अब नेपाली कामदारले ई–७ भिसामार्फत कोरिया जान नपाउने भएका छन्। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८० कार्यान्वयन नगर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशन आएको जनाएको हो।
हालसम्म रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कामदार कोरिया गइरहेका थिए। तर मन्त्रालयको ताजा निर्देशनअनुसार बीटुबी (B2B) माध्यमबाट हुने ई–७ भिसा प्रक्रियालाई रोकिएको विभागले स्पष्ट गरेको छ।
विभागका अनुसार मन्त्रालयको निर्णयले ई–७ श्रेणीमा सीपयुक्त श्रमिक पठाउने व्यवस्था तत्काल लागू नहुने भएको छ। यसअघि सो कार्यविधि कार्यान्वयनको तयारी भइरहे पनि मन्त्रालयको आदेश आएपछि प्रक्रिया स्थगित गरिएको हो।




