नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो
काठमाडाैं, १ असाेज । नेपाली बजारमा लगातार बढ्दै आएकाे सुनको मूल्य बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १,१६,१०० रुपैयाँमा स्थिर भएको छ। यसअघिको मूल्यसँग तुलना गर्दा आज १,००० रुपैयाँले घटेको हो।
त्यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको मूल्यभन्दा ४५ रुपैयाँले कमी आएर प्रति तोला २,५५० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य २,५९५ रुपैयाँ प्रतितोला रहेको थियो।



