Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

देशका मुख्य राजमार्गमा लगातार पहिरो, यातायात अवरुद्ध

देशका मुख्य राजमार्गमा लगातार पहिरो, यातायात अवरुद्ध

काठमाडाैं, १ असाेज । लगातारको वर्षाका कारण देशका दुई प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा गएराति ठूलो पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको छ। जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार उक्त पहिरो पन्छाउन समय लाग्नेछ। गगने खोला क्षेत्र पहिरोका लागि संवेदनशील मानिन्छ।

यस्तै, चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार साँझ ८:५० बजे पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। प्रारम्भमा केही सवारीसाधन पार भए पनि पुनः पहिरो खस्दा बन्द भएको हो। प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरो हटाउने कार्य जारी छ र एक्साभेटरसहित थप लोडर र मेसिन ल्याउने तयारी भइरहेको छ। करिब २ घण्टामा सडक सञ्चालनमा आउने अनुमान गरिएको छ।

त्यस्तै, पृथ्वी राजमार्गको घोप्टे भीरमा पनि पहिरो खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ। नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो पन्छाइएको छ र उक्त खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

हाल पनि प्रभावित क्षेत्रमा वर्षा जारी रहेकोले थप पहिरोको जोखिम उच्च छ। राजमार्ग अवरुद्ध हुँदा गन्तव्यतर्फ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *