पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, २१ भदौ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार, पेट्रोलमा प्रतिलिटर १ रुपैँया, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैँया, खाना पकाउने ग्यासमा २५ रुपैँया प्रतिसिलिण्डर मूल्य बढाइएको हो ।
जस अनुसार नयाँ बिक्री मूल्य, पेट्रोल प्रतिलिटर ११२ रुपैँया, डिजेल र मटितेल प्रतिलिटर ९८ रुपैँया तथा खाना पकाउने ग्यास १,४०० प्रतिसिलिण्डर पुगेको छ ।

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा तीव्र रुपमा कमजोर हुँदा निगमले मूल्य समायोजनपछि पनि पेट्रोलमा ३६ पैसा, डिजेलमा ४९ पैसा, खाना पकाउने ग्यासमा ३०९ रुपैँया ७९ पैसा घाटा भई १५ दिनमा निगमलाई ११ करोड १५ लाख रुपैँया घाटा हुने बताइएको छ । निगमले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजारभाउ अनुसार पेट्रोलियम पदार्थको बिक्री मूल्य समायोजन गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *