Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा जनकपुर र सिरहामा

ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा जनकपुर र सिरहामा

काठमाण्डौ, २१ भदौ । ज्योति विकास बैंकले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकको आधुनिक बैंकिङ्ग सेवा सहज रुपमा देशै भर पु¥याउने लक्ष्य अनुरुप बैकले उक्त शाखाको संचालनमा ल्याएको हो ।

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा बैंक रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २० अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x