“फनफन्ती नचाउछन् मन्त्रीहरुलाई नै व्यवसायीहरु ” उद्योग मन्त्री मातृका यादव
काठमाण्डौ, २१ भदौ । नेपालमा नेतालाई घुमाउने, सरकारी नियमन नमान्ने व्यवसायीहरु भएका कारणले नै उद्योग, व्यवसाय क्षेत्रमा सरकारी कानुन लागु गर्न गाह्रो भएको उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले बताएका छन् ।
बुधबार नेपाल आर्थिक प्रत्रकार समाज सेजनले बैदेशिक लगानी सम्बन्धी ढाचाँका सम्बन्धमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकार संग उद्योगी व्यवसायीहरु डराउने भन्दा सरकारका उच्च पदका पदाधीकारीहरु र मन्त्रीहरुलाई नै थर्काउने आफ्नो ईसारामा नचाउने उद्योगी व्यवसायीहरु नेपालमा भएको बताएका हुन् ।
मन्त्री यादवले भने “ मन्त्रीले अनुगमन गरेर व्यापारी तर्सायो भन्छन््, व्यापारीहरु कहाँ तर्सिछन् र उनीहरुको राष्ट्रिय देखी अन्राष्ट्रिय क्षेत्रमा दरिलो पहुँज हुन्छ । फनफन्ती नचाउछन् मन्त्रीहरुलाई नै ” ।
बिदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न तयार भएता पनि नेपालमा उद्योगीको नाममा व्यापार गरेर बसेका ब्यपारीहरुले नै विदेशी लगानीकर्तालाई भड्काउने मन्त्री यादबको आरोप छ । नेपाल उद्योगीहरु उद्योगको साईनबोड राखेर नयाँ वस्तु उत्पादन गर्नु भन्दा आयतित वस्तुहरुको नै व्यापार गर्ने गर्दछन् । जसको कारणले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताहरु निरुत्साहित भएको बताउदै व्यापार गर्न पल्किएका व्यपारीहरुको कारणले बैदेशीक लगानी नेपाल भित्रिने वातावरण नै बिग्रिएको मन्त्री यादवको आरोप छ ।
स्वास्थ्य उत्पादन अस्वास्थ्य सामानहरु बेच्ने र व्यक्तिगत फाईदा मात्र हेर्ने व्पारीको कारण लगानी मैत्री वातावरण नभएको हो । उपभोक्ताको स्वास्थ्यमा असर पार्ने खाद्य वस्तुहरुको व्यापार गर्न तल्लिन हुन्छन् उद्योगीहरु उपभोक्ताको स्वास्थ्यमा नै असर गर्ने व्यापार गर्ने व्यापारीहरुलाई ज्यान मुद्धा लाग्नु पर्ने मन्त्री यादवको भनाई छ ।
केही समय भित्रै उद्योग क्षेत्रमा एकद्धार नीति ल्याउने र सरकारी काममा हुने ढिलाईको अन्त्य हुने जानकारी दिदै मन्त्री यादवले केही समयमा नै भष्ट्रचार र घुसखोरीको अन्त्य गर्ने प्रतिबद्धता गरेका छन् ।
सो कार्यक्रममा उद्योगी व्यवसायीहरुले नेपालमा बैदेशीक लगानी भित्रयाउन लगानी मैत्री वातावरण नभएकाले सरकार र सम्बन्धीत निकाय संग लगानी मैत्री बातावरण सृजना गरिदिन माग गरेका छन् ।