Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बिहिबार नेप्से ४ दशमलव ३६ अंकले घट्यो

बिहिबार नेप्से ४ दशमलव ३६ अंकले घट्यो

काठमाण्डौ, २१ भदौ । साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ४ दशमलव ३६ अंकले घटेर १ हजार २ सय २९ दशमलव ७७ को बिन्दुमा कारोबार बन्द भएको छ ।

बिहिबार सबैभन्दा उच्च बिन्दु १ हजार २ सय ४७ दशमलव ३५ को बिन्दुमा पुगेको थियो भने न्युनतम बिन्दु १ हजार २ सय २४ दशमलव २५ को बिन्दुमा पुगेको थियो ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ८१ अंकले बढेर २ सय ६० दशमलव ३५ अंकमा पुगेर बन्द भएको छ ।

उक्त दिनमा कुल १ सय ७४ कम्पनीको ३२ लाख २८ हजार ५ सय ६९ कित्ता शेयर खरिदबिक्री हुँदा ७९ करोड ३३ लाख ८६ हजार ३ सय ६८ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार एनएमबी बैंकको शेयर भएको छ । जसको बिहिबार १० करोड ३४ लाख ४४ हजार १५४ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै बिहिबार सर्वाधिक कमाउनेमा काबेली विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ६५ प्रतिशत बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x