Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सुन आयातमा गरिएको नयाँ व्यवस्थाले बजारमा सुनको अभाव

सुन आयातमा गरिएको नयाँ व्यवस्थाले बजारमा सुनको अभाव

काठमाडौं, २२ भद्रौ । नेपालमा विशेषत चार्ड पर्व एवं बिवाहको लगनको महिनामा सुनचाँदीको माग अत्याधिक हुने गर्दछ । त्यस्तै व्यवसायीहरुका अनुसार हिन्दु नारीहरुको महान चार्ड हरितालिका तीजमा पनि सुनचाँदीको कारोबार उल्लेख्य मात्रामा हुने गर्दछ । तर यो पटक भने तीज नजिकिदै गर्दा समेत सुनचाँदीको कारोबार सन्तोषजनक नभएको व्यवसायीहरुको गुनासो छ।

यस वर्ष पनि विगतको वर्ष जस्तै तीजका लागि गहनाको माग बढी नै रहेको छ । तर नेपाल राष्ट्र बैकले सुन खरिदको दायरा घटाए पछि ग्राहकहरुको माग अनुसार व्यवसायीले गहना बनाउन सकेका छैनन् । विगत केही महिना अगाडी राष्ट्र बैंकले २० केजी देखी आवश्यकता अनुसार २५ केजी सम्म मात्र सुन खरिद गर्न पाउने नियमन लागु गरेको थियो । सो व्यवस्थाका कारण बजारमा आवश्यकता अनुसारको सुन ल्याउन नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।

अहिले बजारमा महिनाको ६० केजी सुनको माग रहेको छ । तर राष्ट्र बैंकको निति अनुसार व्यवसायीहरुले सुनचाँदी व्यवसाय महासंघ मार्फत हप्तामा ५० ग्राम सुन अर्थात ५ तोला साढे ४ आना मात्र खरिद गर्न पाउछन् । यसै कारणले व्यवसायीहरुले धेरै गहनाको माग आएमा अडर पुरा गर्न नसक्ने अवस्था सृजना भएको उनले बताए ।

राष्ट्र बैकले अनुत्पादक क्षेत्रमा लगानी बढेको भन्दै सुन खरिदको दायरा घटाएको जनाएको छ । महासंघले आवश्यकता अनुसार सुन खरिदको दर बढाउन माग गरेकोमा राष्ट्र बैंकले त्यो माग पत्रमा सहमति गरि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय पठाई सकेको र मन्त्रालयबाट स्विकृत हुन बाँकी रहेको केन्द्रिय बैकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

नेपाल राष्ट्र बैंक र उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयले सुन आयातको दायरा घटाउदा चाडपर्व र बैबाहिक लगनको समयमा बजारको आवश्यकता र माग अनुसार सुन खरिदको दायरा बढाउने भनेर प्रतिबद्धता गरेको थियो । तर सुनचाँदी व्यवसायीहरुले पटक पटक बजारको आवश्यकता अनु्सार सुन खरिदको दायरा बढाउन माग पत्र बुझाए पनि सुनुबाइ भएको छैन । पछिल्लो पटक सुनचाँदी व्यवसायी महासंघ र राष्ट्र बैंकको छलफलमा महासंघले आवश्यकता अनुसार महिनाको ४० केजी सुन खरिद गर्न पाउने माग गरेका थिए । तर राष्ट्र बैंकले चाडवार्ड र बिवाहको लगनको समयको लागि ३० केजी र अन्य सबिकको समयमा तोकिएकै दायरामा सुन खरिद गर्न पाउने सम्झौता गरेको थियो तर तीजको माहोलमा सुनचादीँ व्यवसायीहरु आईपुग्दा समेत उक्त मागपत्र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमा थन्किएको गुनासो शाक्यले गरे ।

हाल सम्म यस व्यवसायमा करिब २२ सय भन्दा बढी व्यवसायीहरु संलग्न रहेका छन् भने यो व्यवसायबाट करिब २ लाख भन्दा बढीले रोजगार पाएका छन् । नेपाल बर्षिक रुपमा ५० अर्ब भन्दा बढीको सुनचादीँको कारोबार हुदै आएको छ र यस कारोबारबाट राज्यकोषमा बार्षिक करिब १३ अर्ब रुपैया भन्दा बढी राजस्व संकलन हुने गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x