Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

गणपति माइक्रोफाइनान्सले ३ लाख कित्ता साधारण शेयर निष्काशन गदै

गणपति माइक्रोफाइनान्सले ३ लाख कित्ता साधारण शेयर निष्काशन गदै

काठमाण्डौ, २२ भदौ । गणपति माईक्रोफाईनान्स वित्तिय संस्थाले सार्वसाधारणहरुका लागी ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।

प्रति शेयर १ सय रुपैयाँ अंकित उक्त शेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा गणपति माईक्रोफाईनान्सल एनआईबिएल क्यापिटललाई नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटा र एनआईबिएल क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x