Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार अवस्थीलाई

हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार अवस्थीलाई

काठमाडौं, २२ भदौ । नेपालमा लघुवित्तका प्रणेता स्वर्गीय डा.हरिहरदेव पन्तको नाममा स्थापना गरिएको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका आर्थिक सम्पादक गोकर्ण अवस्थीलाई प्रदान गरिएको छ । स्वर्गीय हरिहरदेव पन्तको तेस्रो वार्षिक पूण्य स्मृतिका अवसरमा हरिहरदेव पन्त फाउण्डेसनले बिहीबार अवस्थीलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
पुरस्कारको राशी ३०,००० रुपैँया रहेको छ ।
यस्तै शैक्षिक उत्कृष्टता पुरस्कार रोशन कर्माचार्य र बिशिका पराजुलीलाई प्रदान गरिएको छ । कर्माचार्यले त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्रमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरेका कारण सम्मानित भएका हुन् । पराजुलीलाई त्रिभुवन विश्वविद्यालयबाट ग्रामिण विकास विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरेकोले सम्मान गरिएको हो ।

साथै फाउण्डेशनले ७ वटै प्रदेशका उत्कृष्ट लघु उद्यमीहरुलाई पनि पुरस्कृत गरेको छ ।

करिब दुई दशक देखि सक्रिय रुपमा आर्थिक पत्रकारिता गरिरहेका अवस्थी हाल कान्तिपुर दैनिकमा आर्थिक सम्पादकका रुपमा कार्यरत छन्। अवस्थी आर्थिक पत्रकार समाज ९सेजन० का निवर्तमान अध्यक्ष हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x