Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर धादिङ र नुवाकोटको सिमानामा दुर्घटना

सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर धादिङ र नुवाकोटको सिमानामा दुर्घटना

काठमाडौं, २३ भद्रौ । गोरखाबट काठमाडौं फर्किने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङ र नुवाकोटको सीमा क्षेत्रमा फेला परेको छ । धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । पाइलट निश्चल केसीले उडाएको हेलिकोप्टरमा ७ जना सवार थिए । उनीहरुको अवस्था कस्तो छ भन्ने खुलेको छैन ।

स्थानीयले हेलिकोप्टर दुर्घटना भएको भनेर खबर गरेको प्रहरी जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x