Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

विदेशी विनिमय नियमित गर्ने ऐन संशोधन हुँदै, नेपालीले पनि विदेशमा लगानी गर्न पाउने

विदेशी विनिमय नियमित गर्ने ऐन संशोधन हुँदै, नेपालीले पनि विदेशमा लगानी गर्न पाउने

काठमाडौं, २४ भदौ । सरकारले विदेशी विनिमय नियमित गर्ने ऐन संशोधन गर्न लागेको छ । अर्थ सचिव शिशिरकुमार ढुंगानाका अनुसार, यो ऐनमा संशोधन गरी नेपाललीलाई पनि विदेशमा लगानी खुला गरिनेछ । ‘नेपालीहरुको विशेषज्ञता रहेका र देशभित्र बजार सीमित रहेको र निर्यात गर्न पनि उच्च भन्सारका कारण प्रतिस्पर्धी बन्न गाह्रो हुने क्षेत्रहरु पहिचान गरी लगानी खुला गर्ने सम्बन्धमा छलफल अगाडी बढाइएको छ,’ उनले भने ।
विद्यमान विदेशी विनिमय नियमित गर्ने ऐनले नेपालीहरुलाई विदेशमा लगानी गर्न प्रतिबन्ध गरेको छ । निजी क्षेत्रले लामो समयदेखि विदेशमा लगानी गर्न पाउने व्यवस्था खुला गर्न माग गर्दै आएको छ । यद्यपी राजस्व सचिव ढुंगानाले भने विदेशमा लगानी गर्न पाउने व्यवस्था आंशिक फुकुवा हुने संकेत गरे । ‘जुन पनि क्षेत्रमा बाहिर लगानी लैजान दिने भन्ने होइन,’ उनले भने । ‘उदाहरणका लागि नेपालमा चाउचाउ उत्पादकले बंगलादेशमा निर्यात गर्नुपर्दा ८० प्रतिशत भन्सार तिर्नुपर्छ । यति उच्च भन्सार तिरेर उनीहरुको उत्पादन ती बजारमा प्रतिस्पर्धी हुन सक्दैनन् । यस्तो अवस्थामा उनीहरुलाई त्यहीं चाउचाउ प्लान्ट स्थापना गर्न दियो भने प्रतिस्पर्धी ढंगले उत्पादन बिक्री हुन सक्छ ।’
यसरी लगानी गर्न दिँदा त्यसबाट प्राप्त नाफा फिर्ता भएर नेपालमा आउने भएकाले त्यस्तो नाफा फिर्ताको निश्चित अंश नेपालमा लगानी गर्नै पर्ने व्यवस्था गर्नेदेखि कसरी बढी व्यवस्थित गरेर लगानी खोल्ने भन्ने सम्बन्धमा सरकारले गृहकार्य गरिरहेको उनले बताए ।
पुँजी र श्रम विश्वव्यापी भइरहेका बेला नेपालले भने अनुदार भइराख्नु नपर्ने उनको भनाई थियो । यसबाहेक बजार सीमित रहेका बैंक, वित्तिय संस्था, बीमा कम्पनीहरुलाई पनि विदेशमा सोही सेवा लगानी गर्न प्रोत्साहीत गरिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x