Date

बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

सरकारले सहुलियत कर्जा ब्याज अनुदानका लागि १० अर्ब निकासा

सरकारले सहुलियत कर्जा ब्याज अनुदानका लागि १० अर्ब निकासा

काठमाडाैं, ५ असाेज । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सहुलियतपूर्ण कर्जा ब्याज अनुदानका लागि झन्डै १० अर्ब रुपैयाँ निकासा गरेको छ। अर्थ मन्त्रालयले एकीकृत कार्यविधि २०८२ अनुसार ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको जानकारी दिएको छ।

यस निकासाले बैंक तथा वित्तीय संस्थाहरूको लगभग दुई वर्षदेखिको ब्याज अनुदान दायित्व फर्छ्यौट हुनेछ र कर्जा प्रवाहमा गति आउने अपेक्षा गरिएको छ।

अघिल्लो सरकारले सहुलियतपूर्ण कर्जाका लागि पुरानो ब्याज अनुदान कार्यविधि खारेज गरी नयाँ कार्यविधि २०८२ जारी गरेको थियो। नयाँ कार्यविधिअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आधार दरमा २ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न सक्नेछन्। सरकारले यसैगरी ५ प्रतिशतसम्म ब्याज अनुदान दिने व्यवस्था गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *