सुनको मूल्यमा दिनदिनै रेकर्ड वृद्धि, आज तोलामा २ लाख २१ हजार ७००

काठमाडाैं, ७ असाेज । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य मंगलबार पनि उच्चस्तरमा पुगेको छ। आइतबार सुनको मूल्य तोलामा ११ सय रूपैयाँले बढेको थियो भने सोमबार ७०० रूपैयाँले वृद्धि भएको थियो। मंगलबार एकैदिन सुनको मूल्य ३ हजार ९०० रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलामा २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यो मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि सुनसँगै उच्च स्तरमा पुगेको छ। अघिल्लो दिनको तुलनामा तोलामा ३० रूपैयाँले वृद्धि भई आज प्रतितोला २ हजार ६८० रुपैयाँमा पुगेको छ। सोमबार चाँदीको मूल्य २ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।