Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असोज २३ सम्म

शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असोज २३ सम्म

काठमाडौं, ८ असोज । शिवश्री हाइड्रोपावरले जारी गरेको १ः१ अनुपातको हकप्रद शेयर खरिदको आवेदन म्याद असोज ८ गतेबाट बढाएर असोज २३ गतेसम्म पुर्याइएको छ ।

कम्पनीले हालको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर.१०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।

साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी मात्र आवेदन दिन योग्य हुनेछन् । आवेदन सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका शाखा, सहभागी बैंक तथा वित्तीय संस्थाहरूको सि–आस्बा सेवा र ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ । हकप्रद निष्कासन र बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *