Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा सरकारले थप लगानी नगर्ने, हकप्रद र एफपीओ जारी गर्न रोक

प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा सरकारले थप लगानी नगर्ने, हकप्रद र एफपीओ जारी गर्न रोक

काठमाडौं, ८ असोज । अब प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा सरकारले थप लगानी नगर्ने भएको छ । सरकारी लगानीका यस्ता संस्थाहरूले हकप्रद र थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न नपाउने भएका छन् ।

सरकारी लगानी व्यवस्थापन गर्न सरकारले गरेका निर्णय अनुसार आर्थिक अवस्था कमजोर भएका तथा सावाँ/व्याज तथा प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा नेपाल सरकारले थप लगानी नगर्ने भएको छ । यस्तो रोक्का अवधिभर नेपाल सरकारका लगानी भएका संस्थाहरूले हकप्रद तथा एफपीओ शेयर जारी गर्न रोक्का गरिनेछ ।

त्यस्तै, भाखा नाघेको साँवा तथा ब्याज असुल गरिनेछ । सरकारले सार्वजनिक संस्थानबाट प्राप्त गर्नुपर्ने भाखा नाघेको साँवा तथा ब्याज असुल उपर गर्न सम्बन्धित मन्त्रालय जवाफदेही हुनेछन् ।

सरकारले तालिम, गोष्ठी र सेमिनारमा कडाइ गरेको छ । अब अत्यावश्यक बाहेकका तालिम, गोष्ठी तथा सेमिनार सञ्चालन नगर्ने, गर्नै पर्ने अवस्थामा सरकारी हलहरूमा र सम्भव भएसम्म अनलाइन तालिम गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *