टाटा मोटर्सको दशैं–तिहार अफर, इलेक्ट्रिक र पेट्रोल/डिजेल गाडीमा विशेष छुट

काठमाडाैं, ९ असार । नेपालीहरूको महान चाड दशैं र तिहारको अवसरमा टाटा मोटर्सका लागि नेपालका एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत कम्पनीले इलेक्ट्रिक मोडेलदेखि इन्टरनल कम्बशन इन्जिन (ICE) मोडेलसम्म विभिन्न छुट र आकर्षक सुविधासहित ग्राहकलाई गाडी किन्न प्रोत्साहित गरेको छ।
ग्राहकले टियागो।ईभी, पञ्च।ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी जस्ता नयाँ पुस्ताका इलेक्ट्रिक गाडीहरू रोज्न सक्नेछन्। इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकलाई जीवनभर निःशुल्क DC फास्ट चार्जिङ सुविधा, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, सम्पूर्ण बीमा कवरेज, विभिन्न एक्सेसोरिज उपहार र आकर्षक छुट उपलब्ध गराइनेछ। साथै, लक्की ड्रमार्फत भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप जित्ने मौका पनि पाउनेछन्।
पेट्रोल तथा डिजेल गाडी रोज्ने ग्राहकका लागि टियागो, पञ्च, नेक्सन र सफारी मोडेलमा नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र इम्बोस्ड नम्बर प्लेटको सुविधा उपलब्ध छ। कम्पनीका अनुसार ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।
सिप्रदी ट्रेडिङ प्रालिले आफ्नो देशभर रहेका सबै शोरुममार्फत यो अफर उपलब्ध गराएको छ, जसले चाडपर्वको रमाइलो माहोलमा ग्राहकलाई थप उत्साह र खुशी दिने विश्वास व्यक्त गरिएको छ।