Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी स्वीकृति सुरु

अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी स्वीकृति सुरु

काठमाडाैं, १० असाेज । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयको कामकाजलाई आधुनिक र छरितो बनाउन आजदेखि डिजिटल टिप्पणी (मेमो) स्वीकृति प्रणा ली लागू गरिएको घोषणा गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री खनालले अबदेखि मन्त्रालयभित्रका सबै टिप्पणीहरू कागजी प्रक्रियाबिनै डिजिटल माध्यमबाट स्वीकृत हुने व्यवस्था कार्यान्वयनमा आएको बताए।

उनका अनुसार नयाँ प्रणालीले मन्त्रालयको कार्यसम्पादनमा दक्षता, पारदर्शिता र गति बढाउनेछ। साथै, यसले प्रशासनिक प्रक्रिया सरल बनाउँदै कागजको अनावश्यक प्रयोग घटाउने र समय बचत गर्ने अपेक्षा गरिएको छ।

खनालले डिजिटल टिप्पणी स्वीकृति प्रणाली लागू भएपछि फाइलको कागजी आवागमनमा लाग्ने समय घट्ने र निर्णय प्रक्रियामा पारदर्शिता थपिने विश्वास व्यक्त गरे। मन्त्रालयले आवश्यक प्राविधिक पूर्वाधार तयार पारी आजदेखि औपचारिक रूपमा यो प्रणाली लागू गरेको हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *